गोरखाको ताकुकोटमा न्वागी महोत्सब सम्पन्न

संस्कृती कृषि र पर्यटन समृद्ध ताकुकोटको आधार भन्ने मुल नाराको साथ प्रथम ताकुकोट न्वागी महोत्सव सम्पन्न भएको छ । गोरखा ताकुकोट सेवा समाज काठमाडौ, बारपाक सुलिकोट गाउँपालिका वडा न ६ को आयोजना र माइ भगवती मन्दिर पुजा समिति, पुष्पाञ्जली युवा क्लब, दिप शिखा युवा क्लबको सहआयोजनामा महोत्सव गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले न्वागी कृषकहरुको चिनारी एवं प्रतिक रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुरुप कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, गाउँपालिकाका कार्यकारी अधिकृत शिब गुरुङ लगायतका अतिथिहरुले आफ्ना पन्त्व्य राखेका थिए ।

सोही अवसरमा ताकुकोट सेवा समाज काठमाडौ, ताकुकोट स्बास्थ्य चौकी, मनास्लु हेल्थ सेन्टर प्रा.लि., दीर्घायू हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर गरिएको थियो । शिविरमा २०३ जनाले स्बास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।

Facebook Comments