रन फर फन भन्ने नारासहित पोखरामा म्याराथन हुने

रन फर फन भन्ने नारा सहित आगामि फागुन ७ गते १३ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन आयोजना हुने भएको छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले स्वास्थ्य र शान्तिको लागि खेलकुद भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै म्याराथनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

म्याराथनलाई नियमित कार्यक्रमको संज्ञा दिदैं उहाँले म्याराथनका माध्यमले पोखरामा स्पोर्ट टुरिजमको विकास र यस्को सम्बद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वाधार नभएको पोखरा जस्तो ठाउँमा म्याराथान गर्नु दुस्साहस पूर्ण कार्य रहेको उहाँको टिप्पणी थियो ।

पोखरालाई सिटी म्याराथनको अवधारणा अनुरुप खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन पर्वद्धन गर्न र वर्षको एक दिन म्याराथन प्रतियोगितालाई शहरकै उत्सवको रुपमा विकसित गराउनका निम्ती पनि सफल म्याराथन प्रतियोगिताको आयोजना गरिएको गुरुङले जानकारी दिनुभयो ।
दौडौ स्वास्थका लागि दौडौ राष्ट्रका लागि भन्ने नारा सहित आयोजना हुने सफल पोखरा अन्तराष्ट्रिय म्याराथन दौडको दुरि ४२.१९५ कि.मी. हुनेछ । यस्तै १० कि.मी महिला पुरुष दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

५ कि.मीको दौड प्रतियोगितामा पनि महिला पुरुष खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । अपाङ्ग महिला पुरुषका लागि पनि ह्विल चियर दौड र दृष्टिविहिन दौड प्रतियोगिता राखिएको गुरुङले बताए । म्याराथनमा प्रथम द्धितिय, तृतिय र सान्तवना हुनेले पुरस्कार स्वरुप क्रमशः रु १ लाख, ७० हजार, ५० हजार र ७ हजार प्राप्त गर्ने छन् ।
म्याराथनलाई सफल पार्न सुजल डेरीको उत्पादन सफल दुधका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङबिच सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ । सफल म्याराथनलाई सफल बनाउन सहयोग हुने पोखरा महानगरपालिकाका वडा.नं. ५ का अध्यक्ष एवं प्रवक्ता धन बहादुर नेपालीको भनाई थियो ।

मुलुकको खेलकुद विकासमा सहयोग पुर्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउनुनै संस्थाको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २००२ बाट शुरु भएको यस प्रतियोगितामा देश तथा विदेशी धावकहरुको सहभागिता रहँदै आएको छ । १३औं संस्करण सम्म आइपुग्दा यस म्याराथनमा विभिन्न विधाहरु (४२ कि.मी. खुल्ला म्याराथन, १० कि.मी. महिला रपुरुषदौड , छात्ररछात्रा५ कि.मी. दौड, ह्वील चेयर दौड४०० मी.पुरुष र १०० मी. महिला , दृष्टिविहिन १०० मि. दौड तथा सबैका लागि रन फर फन) समावेश गरिएको छ ।

Facebook Comments