पोखरा सडक महोत्सव पुष १३ देखि १७ सम्म हुने

पोखरामा रेष्टुरेण्ट एन्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा २० ओं पोखरा सडक महोत्सव हुने भएको छ । विगत बर्षदेखि नै व्यावसायिक हक, हितको संरक्षण तथा संवद्र्धन गरी यस क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि महोत्सवलार्य निरन्तरता दिन लागिएको शुत्रकार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको हो ।

जनजातिसंग सम्बन्धित लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु समाग्रीहरुको संरक्षण साथै प्रवद्र्धन र पोखरालाई ‘‘अंगेजी नयाँ वर्षको गन्तब्य स्थल’’ को रुपमा विकास गर्ने उद्देश्य “पोखरा सडक महोत्सव” २०१८/१९ पुष १३ देखि १७ गतेसम् म गर्न लागिएको हो ।

रेवान पोखराले पर्यटन प्रवद्र्धन तथा ब्यबस्थापनको साथै सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा रचनात्मक काम गरेको जनाएको छ । पोखरालाई नेपाल सहित विश्व बजारमा थप परिचित बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने उद्धेश्यले रेवान पोखराले पोखरामा आयोजना गर्दै आएको कार्यक्रम पोखरा सडक महोत्सव छुट्टै ब्राण्ड बनिसकेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments