हरिहर गुफा सन्यास आश्रम वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा २० को आयोजनामा भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम वृहत् सरसफाई गरिएको छ । शनिबार स्थानीय श्रृङखला खेल मैदानदेखि सुरु भएको सरसफाइ कार्यक्रम अन्तर्गत हरिहर गुफा सन्यास आश्रम पद यात्रा हुँदै आश्रमको परिसर वरपर फोहोर व्यवस्थापन गरिएको थियो । कार्यक्रमको संयोजन हरिहर महिला वचत तथा ऋण सहकारी संस्थाले गरेको थियो ।

आउदै गरेको वाला बालाचर्तुदशीलाई मेलालाई लक्षित गरेर उक्त सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा जनप्रतिनिधि, हरिहर महिला वचत तथा ऋण सहकारी संस्था,हरिहर भक्ति आमा समूह,सृजनशिल आमा समूह, श्रृङखला युवा क्लब लगायतका संस्थाहरुको तर्फबाट सहभागी रहेका थिए ।

पोखरा महानगरपालिका वडा न.२० भलाम मौजामा अबस्थित धार्मिक एबम् पर्यटकीय भूमि हरिहर सन्यास आश्रममा बालाचर्तुदशीका दिनमा हरेक बर्ष एकदिने मेला लाग्ने गरेको छ । यस बर्ष आगामि मङ्सिर २० गते मेला गरिदैंछ ।

हरिहर सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरिजि महाराजले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले मन्दिर व्यवस्थापन समितिको मात्र नभई उक्त क्षेत्रका स्थानीय नागरिकको पनि सरसफाई लगायतका कार्यमा दायित्व हुने उहाँको भनाई थियो । सबैको साझा उक्त धार्मिक क्षेत्रमा सरसफाइको निकै महत्त्व रहेकाले एकदिनमात्र नभई सधै सफा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Facebook Comments