सफल एक्सपो पोखरामा शनिबारसम्म २५ हजारद्वारा अवलोकन

पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’ मा घरायसी सामानहरु किन्नेहरुको आकर्षण बढ्दै गएको छ । एक्सपोमा रहेका घरायसी सामानहरुको स्टलले भारी छुट रहेकाले एक्सपो अवलोकनकर्ताको आर्कषण बढेको हो ।

एक्सपो आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष तथा स्टल संयोजक विन्दु कोइराला सुवेदीका अनुसार मेलामा घरायसी सामान, अर्गानिक उत्पादनहरुका साथै दैनिक जीवन अनि भान्सामा प्रयोग हुने सामानहरुका छुट दिइएको छ ।

एक्स्पोमा छुट नभएको सामान नै नरहेको उल्लेख गर्दै मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रमले पनि सहभागीहरुलाई थप मनोरञ्जन दिने विश्वास व्यक्त गर्नुयभयो । यता शनिबारसम्म करिब २५ हजार जनाले एक्सपोको अवलोकन गरेका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेला अगाडि बढ्दै गर्दा एक्सपोमा सहभागिता पनि बढ्दै गएको छ ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार एक्सपोमा लोकदोहोरीतर्फ बद्रि पँगेनीको विशेष प्रस्तुति रहनेछ भने चोलेन्द्र पौडेल, पूर्ण परियार, घनश्याम रिजाल, रविन लामिछाने, कृष्ण सुवेदी, तुलसा जिसी र पारु गुरुङले साथ दिने छन् ।

हाँस्यव्यङ्ग्यतर्फ आइतबार महादेव त्रिपाठी ( जादूगर ) र पप आधुनिकतर्फ ‘निर कैले रिसाउने निर कहिले हसाँउने भन्दै कालीप्रसाद रिजालले प्रस्तुति दिने साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुृर खत्रीले जानकारी दिनुभयो । यसैगरी भजन चुट्का प्रतियोगिता पनि एक्सपोको आकर्षण रहनेछ । मेलामा हिमाली जिल्लाबाट ल्याइएका याक हेर्ने र याकमा सवार हुन समेत दर्शक आकर्षित भएका छन् ।

Facebook Comments