गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण –सांसद पहारी

पोखरा महानगरपालिका वडा न ५ मा अबस्थित बाराही मा बि को ६१ औ बार्षिकोत्सब एबम अभिभाबक दिवस शनिबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजिब पहारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा सांसद पहारीले शैक्षिक बिकासमा स्थानीय सरकार र सरोकारवाला व्यक्तिहरु हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले बिद्यालयको शैक्षिक बिकास भनेको विद्यार्थीको बिकास हुने हुदा गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण हुने बताउँनुभयो ।
कार्यक्रममा पोखरा महानगरका प्रबक्ता एवं वडा न ५ का अध्यक्ष धन बहादुर नेपाली, पोखरा महानगरकै शिक्षा बिभाग प्रमुख हेम प्रसाद आचार्य, महानगर शिक्षा समन्वय इकाई प्रमुख नारायणप्रसाद सुबेदी, पूर्व प्रधानाध्यापक हेरम्बप्रसाद कोइराला, बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष द्रोणराज अधिकारि ,वडा न ५ शिक्षा समिति सदस्य बिक्रम शाही, वडा सदस्य उज्ज्वल खत्री, अक्षय कोष दाता दिनबन्धु गौतम, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, शिक्षक शुसिल के सी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
प्रधानाध्यापक शिब प्रसाद भण्डारीले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा विद्यालयमा आयोजित विभिन्न अतिरिक्त प्रतियोगिताहरुमा बिजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने बिध्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।