सृजनाको रजत महोत्सव समापन

सृजना आवासीय माध्यमिक विद्यालय पोखरा ८ सिर्जनाचोकको रजत जयन्ती समारोह शनिबार सम्पन्न भएको छ । २०७४ मंसिर १६ देखि सुरुवात भएको महोत्सव २०७५ मंसिर १५ गते समापन भएको हो । प्रमुख अतिथि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले रजत जयन्तीको अवसरमा विद्यालयको स्थापनामा योगदान पुर्याएका शारदाप्रसाद सुवेदी, विष्णुप्रसाद बराल तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई दोशल्ला ओढाएर सम्मान गर्नुभयोे ।

कार्यक्रममा मन्त्री विश्वकर्माले देशलाई चाहिने दक्ष जनजनशक्ति उत्पादन गरी शिक्षाको विकासमा विद्यालयको योगदान रहेको बताउनुभयो । धेरै मेहेनत गरेर अभिभावक तथा देशको सपना साकार पार्न विद्यार्थीलाई उहाँको सुझाव थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव नवराज पौडेल, राष्ट्रिय परिक्षा वोर्डका गण्डकी प्रदेश प्रमुख विष्णुनारायण श्रेष्ठ, प्याब्सनका गण्डकी प्रदेशका अध्यक्ष माधवशरण उपाध्याय, विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डे, शिक्षक यादवराज उपाध्याय, विद्यार्थीहरु जानकी थापा, फिरोज खान, तमन्ना सुवेदी, विन्दु चालिसे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा लिटिल स्टेप मा.वि., निलगिरी मा.वि., लक्ष्मी आवासीय मा.वि. र नेशनल इन्भेन्टीभ मा.वि. का संस्थापक÷प्रचार्य क्रमशः पम्फा गुरुङ, रामु गुरुङ, लिला प्रधान र उमा लामिछानेले संयुक्त रुपमा विद्यालयका संस्थापक/प्राचार्य डोलराज पाण्डे र उहाँकी श्रीमती सीता पाण्डेलाई रजत जयन्ती वर्ष समापनको अवसरमा बधाई दिदै सम्मान गरेका थिए । कार्यक्रममा १० वर्ष भन्दा बढी सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा खगेन्द्रराज बराल, प्रितम शंकर, सुशिला भजुेल, बालकृष्ण पाण्डे, रिता आचार्य, जीवन रेग्मी, बाबुराम के.सी., यादवराज उपाध्याय, रभि कार्की, शैलेन्द्र कुमार मलिक, गोपाल थापा, राधा तिमिल्सिना, सरस्वती भुजेल, बिना थापा, मुना गुरुङ, नगेन्द्र थापा, गोमा श्रेष्ठ, शम्भु परियार, अहमद अलि खान, रेखा सुवेदी, इन्दु के.सी. सन्तोष पौडेल, इन्द्रकुमार श्रेष्ठ, धमेन्द्र सिंह र सन्तोष विष्ट रहेको थिए ।

कार्यक्रममा रजत महोत्सवको अवसरमा सञ्चालन गरेको जिल्ला तथा प्रदेश स्तरीय निबन्ध लगायतका प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Facebook Comments