३१ औं विश्व एड्स दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना

३१ औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । काठमाण्डौं, पोखरा लगायतका प्रमुख शहरहरुमा प्रभातफेरी, सचेतना कार्यक्रमका साथ यो दिवस मनाइएको हो । हरेक बर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । यस बर्ष एच आईभीको जाँच गरौं आफ्नो अवस्था थाहा पाऔं भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

यो रोग प्राणघातक सरुवा रोग हो । पछिल्ला बर्षहरुमा भने एड्स रोग लाग्नेको संख्यामा केही कमी आएको छ । नेपालमा पनि हजारौंको संख्यामा एड्सका विरामीहरु रहेका छन् । सामाजिक रुपमा यस रोग लागेका व्यक्तिहरुलाई अफ्टेरो अवस्था हुने गरेको छ ।

Facebook Comments