आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई संयुक्त संयुक्त फिल्मस् को सहयोग

संयुक्त फिल्मस् प्रा.लि. तथा डान्स सेन्टर अमरसिंह १० पोखराले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । पोखरा महानगरपालिका १० रामबजारको कालिका माध्यमिक विद्यालय र १५ मा रहेको सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई जिन्सी सहयोग गरिएको हो ।

ति विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई स्वीटर, गलबन्दी र टोपी प्रदान गरिएको संयुक्त फिल्मस् प्रा.लि.ले जनाएको छ । देउसी भैलो आयोजना गरी संकलित रकमको केही अंशबाट उक्त सहयोग गरिएको हो । गरिवको आश, दुःखीलाई बास भोकीलाई गाँस, नाङगालाई कपास भन्ने उद्देश्य सहित सहयोग गरेको जनाइएको छ ।

Facebook Comments