लैङ्गिक हिंसा न्युनिकरणमा सवैको ध्यान जानुपर्नेमा जोड

लैङ्गिक हिंसा न्युनिकरणमा सवैको ध्यान जानुपर्नेमा पोखरामा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । पोखरा महानगरपालिका वडानं १५को आयोजना लैङीक हिंसा विरुद्ध १६ दिने अभियान तथा सेतो रिवन अभियान २०७५ महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको सहकार्यमा भएको हो ।

वडा नं १५ का वडा अध्यक्ष प्रकाश पौडेलले आफ्नो वडा महिला मैत्री बनाउने बताउनु भयो । उहाँले महिलाहरुलाई सचेताना र अधिकार सम्बन्धी अभिमुखीकरण महिला ंिहंसामा कमी आउने बताउनुभयो ।कार्यक्रम संयोजक तारामाया थापाले महिलाहरु अग्रसर भएर आफ्नो अधिकार प्रयोग गरे मात्रैपनि हिंसा न्युनिकरण हुने बताउनु भयो ।

हिंसा हुनु मात्रै नभएर सहेर बस्नु पनि हिंसा भएको जानकी शर्माले बताउनु भयो । कार्यक्रममा अधिबक्ता शोभा पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments