फ्रान्समा कर बृद्धिको विरोधमा उग्र प्रदर्शन, संकटकाल लगाउने सरकारको तयारी

फ्रान्समा पेट्रोलियम उत्पादनमा कर बढाएको विरोधमा सुरु भएको प्रदर्शनले हिंसक रुप लिएको छ । पुलिस र प्रदर्शनकारीबीच झडपमा ११० जना भन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म ३०० भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । देशमा बिग्रँदै गएको अवस्थालाई ध्यान दिएर त्यहाँको सरकारले चाँडै नै संकटकाल लगाउने तयारी गरेको छ ।

आइतवार सरकारका प्रवक्ता बेन्जामिन ग्रिभोले यसको संकेत दिनुभएको हो । उहाँले प्रदर्शनकारीसँग शान्तिपूर्णरुपमा समाधान खोज्न अपिल समेत गर्नुभएको छ । । युरोपको रेडियो–१ लाई दिएको अन्तर्वार्तामा गिभ्रोले यस्तो संकेत गर्नुभएको हो । फ्रान्समा पेट्रोल र डिजेल मूल्य वृद्धि र हाइड्रोकार्बन कर बढाएको विरोधमा १७ नोभेम्बरमा सबैभन्दा ठुलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए ।

फ्रान्सको गृह मन्त्रालयका प्रदर्शन तेस्रो साता पनि जारी रहेको छ । पछिल्लो एक सातामा यो प्रदर्शनमा १ लाख भन्दा धेरै मानिस सहभागी भएको बताईएको छ । प्रदर्शनमा जम्मा भएको भिडलाई तितरबितर बनाउनका लागि पुलिसको तर्फबाट अश्रुग्यास हानिएपछि यलो ज्याकेट नामको एक संगठनले आगजनी थालेसंगै शन्तिपूर्ण प्रदर्शनको माहोल बिग्रिएको बताईएको छ ।

Facebook Comments