बागलुङका महिलाहरु न्याय माग्दै सडकमा लम्पसार

मुलुकमा केही समयता भएका हत्या र बलात्त्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका छन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले सडकमा लम्पसार भएर प्रदर्शन गरेका हुन् । उनीहरुले कञ्चनपुरकी किशोरी निर्मला पन्त, बागलुङकी रुपा गौतम र बागलुङकै ढोरपाटन नगरपालिका-१ बुर्तिबाङका संगीन जिसीका परिवारलाई न्याय दिन माग गर्दै बागलुङ बजारको लोकतान्त्रिक चोकमा सुतेर प्रदर्शन गरेका हुन् ।

सडकमा सुतेका उनीहरुले उनीहरुले निधारमा कालो पट्टी बाँधेर ’संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे’, ’सरकार भेटियो न्याय भेटिएन’ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुले दिनदिनै बलात्कार र हिंसाका घटना बढिरहेको अवस्थामा सरकार मौन बस्नु दुखद भएको बताएका छन् । प्रदर्शनमा उत्रिएकाले सरकारले प्रजातान्त्रिक मूल्य मान्यता भुल्दै अघि बढेको पनि गुनासो समेत गरेका थिए ।

Facebook Comments