मकवानपुरका व्यवसायीद्वारा सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला अवलोकन

पोखरामा सफल एक्स्पो तथा तेश्रो मोवाईल मेला जारी रहेको छ । मेलाको चौथो दिन आजपनि विभिन्न मनोरञ्जनात्मक तथा व्यापारिकब कार्यक्रमहरु सम्पन्न भएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल एक्सपोको मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डलले भ्रमण गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य माधव ज्ञवाली, मकवानपुर च्याम्बर अफ कमर्सका अध्यक्ष विजयकुमार श्रेष्ठ तथा अधिकृत बिक्रेता संघ मकवानपुरका अध्यक्ष चक्रधर बिडारीसहितको टोलीले एक्सपोको अवलोकन गरेको हो । मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवार दुबै बढ्दै गएको आयोजकले जनाएको छ ।

जारी मेलामा दर्शक तथा अवलोकनकर्ताहरुलाई हिमाली जनावरबारे जानकारी दिन चौंरी ल्याईएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीका अनुसार मेलामा भोजपुरको खुकुरीदेखि, महेन्द्रनगरको सतिसालको ठेकी, पोखराकै हपर्न खोला क्षेत्रमा परम्परागत रुपले माछा मार्ने जलारीको कथा पनि हेर्न र बुझ्न सकिन्छ ।

उहाँले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको मेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्योगिक, हस्तकला तथा अन्य उत्पादनहरुको प्रदर्शनी स्थल भएको दावी पनि गर्नुभयो । एक्सपोका साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार मंसिर १७ गते सोमबार पप गायक साहिमा श्रेष्ठ र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने लोकदोहरीतर्फ पुष्कल शर्मा, सरला पाण्डे लगायतका कलाकार को प्रस्तुति रहनेछ ।

Facebook Comments