सफल एक्स्पो पोखरा तथा मोवाईल मेला जारी, अर्थतन्त्र चलायमान हुने अपेक्षा

पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो ।
लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला आयोजना गरिएको हो । संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक अर्जुन पोखरेलका अनुसार अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो सफल हुने अपेक्षा गरिएको छ ।
एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादन लगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।
एक्सपोका साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीका अनुसार मंगलबार लोकदोहोहरी गायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, तारापति पराजुली, कुमार पुन, घनश्याम रिजाल, माया गुरुङ, सीता केसी, सजना बास्तोला, अम्बर धिताल, सरला पाण्डे र सुरेश रानाको प्रस्तुति रहनेछ ।
यसैगरी नेपालका चर्चित गायक प्रमोद पोखरेलको विशेष प्रस्तुतिसहित सुमन केसीको समूह र लोकदोहोरी प्रतिष्ठान लमजुङबीचको दोहारी प्रतिष्पर्धा पनि रहेको साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिनुभयो । हाँस्य कलाकार पुरुषोत्तम भण्डारी ( पुर्खेवा), घाँटु नाच तथा शिववस्ती आमा समूह , खाष्टेताल बाराही आमा समूह र काहुँ कालिका आमा समूहको रत्यौली प्रतिष्पर्धाले पनि एक्सपोका अवलोकनकर्तालाई मनोरञ्जन दिने उहाँको भनाई छ ।