कृषि उपज बजारमा किसान अपमानित हुन भएन : अध्यक्ष श्रेष्ठ

पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष शुन्दर कुमार श्रेष्ठले शान्ति बनवाटिकामा सञ्चालित कृषि उपज बजारमा किसान अपमानित हुन नहुने बताउनु भएको छ । सोमबार कृषि उपज बजारको सभाहलमा बसेको कृषि उपज सञ्चालक समिति एवं सरोकारवालाहरुको बैठकमा बोल्दै श्रेष्ठले किसानहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको बजारमा किसान नै अपमानित हुन नहुने बताउनुभएको हो ।

सहकारी किसानले लिएको केही सटरमा बाहिर जिल्लाबाट र विदेशबाट आयातित तरकारी बेचेको भन्दै केही दिन पहिले ब्यबसायीले कृषि उपज नियन्त्रणमा लिएको घटनाले समाजमा राम्रो सन्देश नगएको उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले कृषि उपज बजार नमुना बनाउन गुरुयोजना तय गर्नुपर्नेमा जोड दिनुभयो । कृषि उपज बजार संचालक समितिका ब्यबसायिक प्रतिनिधि विष्णु बास्तोलाले कृषकको स्टल वाला सहकारीले सहमती अनुसार कृषि उपज कारोबार नगरेको बताउनुभएको छ ।

बास्तोलाको भनाईप्रति असहमति जनाउँदै कृषक समेत रहनुभएका नबराज बरालले कृषकलाई मात्रै दोष दिने काम बन्द गर्न आग्रह गर्नुभयो । बरालले ब्यबसायीले जताबाट जस्तो पनि विक्रि गर्न पाउने चितवनका किसानले उत्पादन गरेको कृषि उपज पोखरामा बेच्न नपाइने भन्दै प्रश्न गर्नुभयो । कार्यक्रममा बोल्ने किसानहरुले किसानको लागि बनेको भवनमा किसानको कुरा सुनुवाई नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

कार्यक्रममा भुमि ब्यबस्था कृषि मन्त्रलायका माधब लम्साल, कृषि विकास निर्देशनालयका श्यामप्रसाद रिमाल, कृषि ज्ञानकेन्द्र स्याङजा र कास्कीका प्रमुख लोकेन्द्र बोहरा, पोखरा महानगरका कृषि शाखा प्रमुख मनोहर कडरिया लगायतले कृषि उत्पादन र बजार ब्यबस्थापनसंगै हुनुपर्नेमा जोड दिनुभयो । किसानको उत्पादनले बजार नपाउने समस्या समाधानका लागि पनि बजारलाई व्यवस्थित गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

Facebook Comments