छोराको जन्मजयन्तीमा रेन्बो चिल्ड्रेन होम र विरामी शिबलाई सहयोग

स्याङजाको मट्टीखान स्थायी घर भई हाल पोखरा चाउथे बसोबास गर्दे आउनु भएका कल्पना पोखरेलले आफ्नो स्वर्गीय छोरा जेम्स पोखरेल (मुनु)को पाँचौ जन्मजयन्तीको अबसरमा रेन्बो चिल्ड्रेन होम र विरामी शिबलाई आर्थिक सहयोग गर्नुभएको छ ।

स्याङजा मट्टीखान घर भई पोखराको स्वाथ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पातल )मा खुट्टा काटेर उपचार गराईरहेका आर्थिक अबस्था कमजोर भएका शिब भुजेललाई नगद ५हजार ५ सय र पोखराको लेकसाइडमा रहेको रेन्बो चिल्ड्रेन होममा ५ हजार ५ सय सहयोग गर्नुभएको छ । चिल्ड्रेन होममा फलफुल वितरण संगै एक जना बालकलाई कपडा पनि हस्तातरण गर्नुभयो ।

आमा कल्पना पोखरेलले छोराले जन्मदिन आउदा खुशी हुने गर्ने गरेको स्मरण गर्दै आफुबाट गुमाएको छोराको स्मरणमा सहयोग गरेको बताउनुभयो । चिल्ड्रेन होमका सञ्चालक गोमा ढकालले छोराको जन्मजयन्तीमा रेन्बो चिल्ड्रेन होमसम्म आएर सहयोग गरेकामा धन्यबाद दिदै स्वर्गीय जेम्सको आत्माको शान्तिको कामना गर्दे परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो ।

Facebook Comments