घान्द्रुकमा सडक निर्माणका लागि हङकङबाट ५ लाख बढी सहयोग

कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिका बडा नं ११ घान्द्रुकमा पर्ने खोलोभ्रो –कुमाभ्री ग्रामीण सडक व्यबस्थापनका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच घान्द्रुक समाज हङकङका भुपू अध्यक्ष श्रीचन्द्र गुरुङ, सदस्य मन बहादुर गुरुङ तथा गीता गुरुङ लगायतले हङकङमा संकलित ५ लाख ६७ हजार ८ सय ८१ रुपैया निर्माण समतिका अध्यक्ष ध्रुब गुरुङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा बोल्दै समाजका भुपू अध्यक्ष गुरुङले हङकङमा कार्यरत बिभिन्न ब्यक्तिहरुबाट सो सहयोग रकम संकलन गरिएको बताउदै उक्त रकम संकलन गर्नमा समाजमा आबद्ध सदस्यहरु तथा साबिक घान्द्रुक ८ का चेलीबेटीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले परदेशमा रहेर पनि आफु जन्मे हुर्केको गाउँलाई माया मार्न नहुने बताउनुभयो ।

बिकासको लागि सरकारी निकायलाई मात्र ताकेर नहुने भएकाले हामी हङकङमा कार्यरत सबै मिलि सानो आर्थिक संकलन गरेका हौ उहाँले भन्नुभयो, “यसले बाटो निर्माणमा थप टेवा पुग्ने बिश्वास लिएका छौ ।”

त्यस्तै आर्थिक सहयोग ग्रहण गर्दै निर्माण समितिका अध्यक्ष ध्रुब गुरुङले धन्यवाद सहित आभार प्रकट गर्नुभयो । कार्यक्रममा डाडाँगाउँ आमा समुहका अध्यक्ष राम कुमरी गुरुङ कोषाध्यक्ष डिलसुबा गुरुङ, राम कुमारी गुरुङ, चन्द्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको बिचमा घान्द्रुक समाज हङकङका सदस्य गीता गुरुङले डाडाँगाउँ आमा समुहलाई २० हजार १ सय रुपैया सहयोग प्रदान समेत गर्नुभयो ।

Facebook Comments