गोरखामा सहिद लालप्रसाद ढकालको स्मृति दिवस सम्पन्न

जनयुद्दका महान सहिद लालप्रसाद ढकाल क. प्रेमको सोह्रौ स्मृति सभा शुक्रबार सम्पन्न भएको छ। आरुधाट गापा वडा नं ८ स्थित आफ्नै निवासमा सम्पन्न उक्त कार्यक्रममा उहाँको जीवन संगिनि पार्वती ढकालको अध्यक्षता रहेको थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै शहिदका दाजु बेद प्रसाद ढकालले देशको राजनैतिक परिवर्तनमा आफ्नो परिवारको सदस्यले बलिदान दिएकोमा गर्भ महसुस हुने भन्दै शहिहदहरुको बलिदानीबाट प्राप्त गरेको परिवर्तनलाई संस्थागत गर्नका लागि सबै क्षत्रबाट जागरुक हुनुपर्ने बताउनुभयो ।

त्यसै गरि ने.क.पा.का प्रदेश सदस्य जगननाथ खनालले शहिदको बलिदानिले गणतन्त्र , संघियता र समावेशि संविधान निर्माण गर्न सफल भएको भन्दै अबको समयमा समाजको विकास तथा समृद्दिको लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

Facebook Comments