सामाजिक सुरक्षा कोषमा रोजगारदाता सूचीकृत हुने क्रम शुरु

सामाजिक सुरक्षा कोषमा १ सय ९४ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन् । सूचीकरणको कार्यलाई सहज बनाउन अनलाईन पद्दति अपनाइएकोले रोजगारदातालाई सुचीकृत हुन सहज भएको छ । यसबाट रोजगारदातालाई सूचीकरणमा आउन सजिलो भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । रोजगारदाता आफू दर्ता भएको तीन महिना भित्र आफ्नो प्रतिष्ठान वा सँस्थामा कार्यरत श्रमिक तथा कर्मचारी सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

यी व्यवस्था र अनलाईन दर्ता प्रकृयाका कारण श्रमिक तथा कर्मचारी सूचकिरण आगामी दिनमा झन तिब्र हुने कोषको विश्वास छ । सुरुवाति दिनमा प्रष्ठिानबाट सुरु गरिएको सूचीकरण पछि विस्तारै रोजगारीका अरु क्षेत्रलाई पनि समेट्दै जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताउनुभयो ।

नेपालमा हाल करिव ९ लाख रोजगारदाता प्रतिष्ठान रहेको कोषले जनाएको छ ।कोषमा श्रमिक तथा कर्मचारीको तलबबाट १० प्रतिशत रोजगारदाताले कर्मचारीको तलबको २० प्रतिशत र सरकारको १ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुनेछ ।योगदानमा आधारित सामाजिक सुरक्षा विदेशमा काम गर्नेले नपाउने बरु नेपालमा काम गर्ने विदेशीले पाउन सक्ने रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments