हेम्जा भू.पू.सैनिक कृषि सहकारीको अधिवेशन सम्पन्न

हेम्जा भू.पू.सैनिक कृषि सहकारी सस्था लि.को दोस्रो अधिबेशन तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । दोस्रो अधिबेशनले झबिलाल सापकोटाको अध्यक्षतामा ११ सदसिय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा बलराम पौडेल, सचिबमा सुरेश बहादुर साप्कोटा, कोषाध्यक्षमा श्याम बहादुर कूवर, सहसचिबमा शेरबहादुर कार्की चएन भएका छन भने अन्य सदस्यहरुमा कृष्ण बहादुर साप्कोटा, टेक बहादुर थापा, जीबन के.सी., लक्ष्मी कुमारी कुवर, कल्पना थापा र टेक बहादुर कुवँर चयन हुनुभएको छ ।

निर्बाचन समितिका संयोजक जितबहादुर कार्कीका अनुसार लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रेमबहादुर कार्की तथा सदस्यमा कृष्णप्रसाद श्रेष्ठ र चेतबहादुर भुजेल चयन हुनुभएको छ । सहकारीका अध्यक्ष टेकबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब सुरेशबहादुर सापकोटाले गर्नुभएको थियो ।

Facebook Comments