लम्तरी मन्दिर निर्माण गरिदैं

मादि गाउँपालिकाको वडा नं १० र ११ को शिरमा रहेको प्रसिद्ध लम्तरी मन्दिरको निर्माण हुने भएको छ । मन्दिर निर्माण व्यवस्थापन समितिले आधुनिक मन्दिर, तारबारसहितको कम्पाउण्ड, बिश्रामस्थल, दुई वटा शौचालय र भान्सा घर एकैपटक निर्माण गर्ने योजना ल्याएको हो ।

मन्दिर निर्माणका लागि समितिसहित नादा समाज पोखरा, नादा समाज यु.के. र नादा समाज हङकङलगायतका संघसंस्थाहरु सक्रिय छन् । मन्दिर निर्माणका लागि ६३ लाख, ९८ हजार ९ सय ७४ रुपैयाँ आर्थिक संकलन भइसकेको मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments