फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता

पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् । सोमबार विहान १० बजेतिर दिदीसँगै तालमा घुम्न गएका काठमाण्डौ ताहचल बस्ने १९ बर्षीय रोजन श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

फोटो खिच्ने क्रममा डुंगा अनियन्त्रित भएर श्रेष्ठ बेपत्ता भएको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिनुभयो । ताल घुम्नका लागि श्रेष्ठ र निजकी दिदी आफैंले डुंगा लिएर गएका बुझिएको छ ।

Facebook Comments