सरकार जनताको नजिक भए मानव अधिकार रक्षा : मन्त्री चुमान

७० औं अन्र्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा कास्कीको पोखरामा प्रभातफेरी र मानवअधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तित्वलाई सम्मान गरिएको छ । सोमबार बिहान पोखरा स्थित मानवअधिकार चोकबाट सुरूभएको प्रभातफेरी सभागृह हलमा आइपुगेर सभागर्दै सम्पन्न भएको थियो ।

प्रभातफेरीको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकार जति जनताको नजिक भएर काम गर्न सक्योत् यति नै बढी मानवअधिकारको सम्बोधन हुन सक्ने धारणा राख्नुभयो ।

मन्त्री चुमानले सत्य निरूपण तथा मेलमिलाप आयोगको सुस्तगतिका कारण अझैपनि द्धन्द्धकालिन समयका मुद्धाहरूले किनारा नपाइसकेको बताउनुभएको छ । साथै मन्त्री चुमानले गण्डकी प्रदेश सरकार मानवअधिकारको प्रर्बद्धन र सम्र्बद्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै राख्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशमा अहिलेको सबैको सक्रियता भएमा मानवअधिकार हनन तथा ज्यादतीका घटना यसवर्ष भन्दा आगामी बर्षहरूमा घट्दै जाने धारणा राख्नुभयो ।

लैङ्गिक हिंसा अन्त्यका लागी समाजका सबै नागरिक शिक्षित, आर्थिक रूपले सम्बृद्ध र देशमा रहेका कानुनहरू को प्रभावकारी कार्यन्वयन हुनु आवश्यक रहेको उहाको भनाई छ ।

गण्डकी प्रदेश मानवअधिकार महाभेला मूल आयोजक समितिका संयोजक विष्णु प्रसाद बरालले सबैको प्रयासले मात्रै समतामूलक समाज स्थापित हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशमा मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै स्याङ्जाकी महिला अधिकारकर्मी गिता शर्मा र तनहुँका अधिकारकर्मी रामलिला सुर्वणकारलाई सम्मान गरिएको थियो ।

अन्र्तराष्ट्रिय मानवअधिकार दिवसकै अवसरमा आज साँझ ५ बजे पोखरास्थित मानवअधिकार चोकमा दिप प्रज्जवल समेत गरिएको इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।

Facebook Comments