सरकारले गरेका कामको समीक्षा हुन्छ : प्रचण्ड

कास्कीको मादि गाउँपालिका सिक्लेसमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले नागरिकका तर्फबाट सरकारले गति लिन नसकेको गुनासो स्वभाविक भएको टिप्पणी गर्नुभयो । सरकारले उत्साहका साथ जनसरोकार राख्ने र जनजिविकालाई सहज पार्ने काम शुरु गरेपनि त्यसलाई निष्कर्षमा पु¥याउनेमा भने केही ढिलासुस्ती देखिएको प्रचण्डको भनाई छ ।

सरकारले देशभित्र केन्द्रीत भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने प्रचण्डको जिकीर रहेको छ । प्रचण्डले यसअघि आधार तयार भएकाले सरकारले अब एक वर्षमा देखिने गरी काम गरेर देखाउने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले विकास निर्माणका लागि आधार तयार पारिसकेकाले त्यो संभव हुने दाबी गर्नुभयो । दशकौंदेखिको डुबान समस्या हटाइएको, हवाई रुटका लागि ४ रुट दिने कुरा, पूर्व पश्चिम रेलमार्ग निर्माण लगायतबारे सम्झौता, विराटनगरमा रहेको भारतीय कार्यालय हटाउने कुरा वर्तमान सरकारले गरेको महत्वपूर्ण काम भएको प्रचण्डको भनाई थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षमा बृद्धभत्ता बढाइने जानकारी दिनुभयो । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आइरहेको भन्दै प्रचण्डले यो आर्थिक वर्षमा नबढेकोमा त्यसको क्षतिपूर्ति गर्नेगरी आगामि बजेटमा भत्ता बृद्धि हुने विषयमा सहमति नै भएको खुलासा गर्नुभयो ।

अध्यक्ष प्रचण्डले विकास र सम्बृद्धिका लागि ठूला परियोजना सञ्चालन गर्न विपक्षिदल सहित सबैसंग राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने बताउनुभयो । प्रचण्डले पार्टी एकताले छिट्टै तल्लो तहसम्मै पूर्णता पाउने बताउनुभयो । सबैको भावना समेट्ने र विवाद नआउन ेढंगले काम गर्दा एकतामा केहि ढिला भएको प्रचण्डको भनाई छ । अब बस्ने स्थायी समिति बैठकले पार्टी एकीकरणका सबै प्रक्रिया टुंग्याउने उल्लेख गर्नुभयो ।


नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका कामको समीक्षा हुने बताउनुभएको छ । सिन्डिकेट हटाउने, सुनतस्करीको जालो तोड्ने र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्नेजस्ता राम्रा काम सरकारबाट भएपनि व्यवस्थापन सही ढंगले हुन नसकेको प्रचण्डको भनाई छ ।

Facebook Comments