पोखरा २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन

पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ । पोखरा २० को मणिपाल र भलाम जोड्ने पक्की पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभएको हो । पुलको उद्घाटन गर्दै मन्त्री बस्नेतले महानगरमध्ये बिकासमा पछि परेको २० नम्बर वडामा पुल निर्माण संगै बिकासको शुरुवात भएको वताउनुभयो ।

बस्नेतले २० नम्बर वडामा पक्की पुलबाट बिकासको काम शुरु भएको वताउदै उहाँले यो वर्ष प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा महानगरको मणिपाल फुलवारी ११ नम्बर वडा हुदै २० नम्बर वडाको भलाम, चण्डी देउराली, हरिहर गुफा, डाडागाउ हुदै वडा नम्बर १६ को अर्मला सम्म जोड्ने पक्की सडक निर्माणको योजना समेत अगाडी अढेको वताए । उक्त योजना सफल वनाउन वडाबासी जनताले सरकारलाई साथ दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सांसद बिन्दु थापाले भलामको पुलबाट पोखरा महानगर वडा नम्बर २० मा बिकासको सुरुवात भएको वताउदै बिकासको काममा कोही कसैले वाधा गर्न नहुने वताउदै आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि वडा नम्बर २० मा बिकासको काममा हरदम साथ रहने वताउनुभयो ।

अर्का प्रदेश सांसद प्रभा कोइरालाले भलाममा निर्माण सम्पन्न भएको पक्की पुलले भलाम र मणिपाल फुलबारी जोड्ने मात्र नभइ भलाम आसपासका ग्रामीण भेगमा उत्पादन भएका कृषीजन्य बस्तुहरुलाई बजार सम्म सजिलैसंग ल्याउनका लागी महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै भलाम पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष अर्जुन खत्रीले विभिन्न बाधा ब्यवधानका बीच आफुहरुले आटेको योजना सम्पन्न गर्न पाउदा निकै खुसी लागेको वताउनुभयो । वडा नम्बर २० का वडा सदस्य भीम प्रसाद बास्तोलाले स्वागत तथा निर्माण सम्पन्न प्रतिवेदन पेश गरेको कार्यक्रममा जिल्ला समन्वय समिती कास्कीको जिल्ला प्राबिधीक इन्जीनियर नारायण वराल र नेकपा कार्यदल कास्कीका सदस्य शुसिल बस्नेतले वोलेका थिए ।

यर नारायण वराल र नेकपा कार्यदल कास्कीका सदस्य शुसिल बस्नेतले वोलेका थिए ।
१ करोड ९२ लाख ६८ हजार ९ सय ४७ को कुल लागतमा निर्माण सम्पन्न पुल निर्माणमा सरकारबाट १ करोड ७३ लाख ४२ हजार ५२ र स्थानिय जनसहभागीतबाट १९ लाख २६ हजार ८ सय ९४ को लागतमा निर्माण सम्पन्न पुलबाट पोखरा ११ को फुलवारी मणिपाल, भलाम मौजा, र बाटुलेचौर १६ सम्मका स्थानियहरु लाभान्वित हुने वडा नम्बर २० का वडा अध्यक्ष सीम गुरुङले जानकारी दिनुभयो ।

१ करोड ९२ लाख ६८ हजार ९ सय ४७ को कुल लागतमा निर्माण सम्पन्न पुल निर्माणमा सरकारबाट १ करोड ७३ लाख ४२ हजार ५२ र स्थानिय जनसहभागीतबाट १९ लाख २६ हजार ८ सय ९४ को लागतमा निर्माण सम्पन्न पुलबाट पोखरा ११ को फुलवारी मणिपाल, भलाम मौजा, र बाटुलेचौर १६ सम्मका स्थानियहरु लाभान्वित हुने वडा नम्बर २० का वडा अध्यक्ष सीम गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments