प्रधानमन्त्री ओलीसँग शासकीय क्षमता छैनः नेपाली काँग्रेस


नेपाली कांग्रेसले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ । आगामी महासमिति बैठकमा पेस गरिने राजनीतिक प्रस्तावमा यस्तो ठहर गरिएको हो । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तासीन नेकपाले एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरेकाले उसको लोकतन्त्रप्रतिको निष्ठामा शंका गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

राजनीतिकरुपमा सरकार बलियो भएपनि शासकीयरुपमा कमजोर रहेको भन्दै शर्माले सुनियोजित रुपमा शिक्षामा जनवादीकरण गरेर माक्र्सवाद पढाउने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । एक फरक प्रसंगमा उहाँले विभिन्न किसिमका विभेदमा संलग्न हुनेहरुलाई कांग्रेसको सदस्यता नदिइने र कांग्रेसका कुनैपनि सदस्य वा पदाधिकारीले त्यस्तो गरेको प्रमाणित भए सदस्यता खारेज गर्ने बताउनुभयो ।

Facebook Comments