सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने : मन्त्री अधिकारी

अन्तराष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवको ग्राण्ड ओपनिङ गरिएको छ । महोत्सवको दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीद्धारा महोत्सवको ग्रान्ड ओपनिङ्ग गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भ्रमण बर्षसँगै सन २०२० मा २० लाख पर्यटक भित्रिए सबैको साथ र सहयोगमा सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । उहाँले नेपाल पर्वतारोहण संघलाई सरकारकै अंगका रुपमा मानिएकाले नै सरकारले काम जिम्मा लगाइएको उहाँको भनाई थियो ।

पर्वतारोहण संघले राजश्व संकलन गर्न पाउने, आफ्ना ऐन नियम बनाएर हिमाल आरोहणमा अनुमति दिने एवं राजश्व संकलन गर्ने अधिकार रहेको उहाँको भनाई थियो । पर्वतारोहण संघलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पुर्णरुपमा पालना हुनेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो ।

पर्वतारोहण संघलाई अझै राम्रो एवं व्यवस्थित बनाउनका निम्ति नेपाल सरकार हरेक कदममा साथ दिन तत्पर रहेको समेत बताउनुभयो । अन्तराष्ट्रिय पर्वतीय दिवसको दिनमा नागरिक तथा पर्यटन उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतित्थ्यमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्ग बिक्रम शाहशी अवार्ड–२०१८ र सर एड्मड हिलरी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो ।

सोही अवसरमा पर्व्तिय महोत्सवलाई सहयोग गर्ने स्पोन्सरहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । विश्व प्रसिद्ध कुमार खड्ग बिक्रम शाहशी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिलले आफुले पाएको अवार्ड स्वर्गिय सम्पुर्ण आरोहीहरु प्रति समर्पित गर्नुभयो ।

लोपोन्मुख तारो हान्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले गर्नुभएको थियो भने छेलो हान्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सांसद राजीव पहारीले गर्नुभयो ।
गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जनजाति तथा समुदायहरु बिचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलहरुको निरिक्षण गरी उत्कृष्ट तिनलाई पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले जानकारी दिनुभयो । 

संघका महासचिव कुलबहादुर गुरुङले अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा जारी महोत्सवमा हिमाली समुदायको परम्परागत संस्कृतिक नाच, झाँकीहरुको प्रतिस्पर्धा जारी नै रहेकोे बताउनुभयो ।
उहाँले पोखराको बाटुलेचौरका गन्र्धवहरुको जिवनमा आधारित ५० बर्ष पहिलेदेखि हालसम्मको अबस्थाबारे केन्द्रित रहि बनाएको बृतचित्र प्रस्तुत गरिएको समेत जानकारी दिनुभयो ।

Facebook Comments