पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल सम्पन्न


नेपाल पर्बतारोहण संघले आयोजनामा गरेको पाँचौ अन्तराष्ट्रिय माउन्टेन फेस्टिभल बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले सरकारको सुनी नेपाली समृद्ध नेपालको नारालाई यस्ता मेला महोत्सवले सहयोग पुर्याउने बताउनुभयो । उहाँले विभिन्न समूदायका पहिचानलाई स्थापित गर्नका निम्ति महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपालको शिर उचो गराउने हिमाल सगरमाथा र धार्मिक साँस्कृतिक विविधताले सम्पन्न नेपाली संस्कृतीेले प्रख्यात नेपाली चिनारीको बिकास गर्नका लागि सबैलाई आब्हान गर्नुभयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामाले पाँचौ संस्करणको महोत्सवलाई सफल बनाउनका लागि नेपालका बिभिन्न शहर र विभिन्न देशबाट आएका स्वदेशी र बिदेशी दर्शकहरुप्रति आभार ब्यक्त गर्नुभयो । उहाँले महोत्सवको आगामी संस्करणलाई अझै बृहत रुपमा लैजाने बताउनुभयो ।

संघका महासचिव कुलबहादुर गुरुङ्गले गण्डकी प्रदेशको राजधानीमा आयोजना गरिएको यो महोत्सव भव्यताका साथ सम्पन्न भएको भन्दै सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।
संघका कोषाध्यक्ष सुर्दशन न्यौपानेले महोत्सव सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभयो । एनएमएका प्रमुख कार्यकारी अधिकृत गंगासागर पन्तले पोखरामा नै यो महोत्सव गर्नुले यहाँको पर्यटन प्रर्बद्धन मात्र नभई संरक्षण सम्बन्धी जनचेतना फैलाउने काम गरेको बताउनुभयो ।

जस अन्तर्गत एनएमए बैकुण्ठ मानन्धर म्याराथन बिजेता क्रमश प्रथम, द्धितिय र तृतिय सान्त्वना होमलाल श्रेष्ठ, कृष्ण बस्नेत, खगेन्द्र भट्ठ, लक्ष्मण मलाम र महिला तर्फ बिजेताहरु क्रमश प्रथम, द्धितिय र तृतिय सान्त्वनामा सरिता बासी, रेशु बस्नेत , हूमि बुढामगर सृजना राई र ललिता लामिछानेलाई नगद सहित मेडल तथा प्रमाणपत्र ले पुरस्कृत गरिएको थियो ।

एनएमए टोनी हेगन पेन्टिङ्ग प्रतिस्पर्धामा मोटिभेसनल बिजेतामा अलिता गुरुङ्ग, र ज्योती गुरुङ्ग, बिशेष बिजेतामा आकाश गुरुङ्ग, रिक गुरुङ्ग र सुदिन श्रेष्ठ साथै एक्सीलेन्ट अवार्डमा जगत पुन , गोपाल दराई, आउटस्टान्डिङ्ग अवार्ड मनोज तामाङ्गले हात पार्न सफल भएका छन् ।

यस्तै छेलो हान्ने प्रतियोगितामा क्रमश : प्रथम, द्धितिय र तृतियमा सुदिन गुरुङ्ग, राजेश गुरुङ्ग र सुरेन्द्र शाही बिजेता भएका छन् । उत्कृष्ट स्टलमा नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेज प्रथम, द्धितिय भूम्दीकोट तमु समाज, तृतिय किराँती साँस्कृतिक खाजा घर र पोखरा टेक्नीकल कलेजले सान्त्वना स्थान हासील गरेका छन् ।

साँस्कृतिक नृत्य एवं झाँकी तर्फ सिङ्गदी तमू समाज प्रथम, किराँत सेवा समाज द्धितिय, शेर्पा समुदाय तृतिय एवं चौरी नृत्य समूहले सान्त्वना स्थान हासिल गरेका छन् । अन्तराष्ट्रिय पर्ब्तिय संग्रहालय पोखराका प्रमुख शंकर गौतमले महोत्सवसँगै संग्रहालयमा आउने पर्यटकहरुको संख्या बढ्नेमा आफू बिश्वस्त रहेको जानकारी दिदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनको अध्यक्षतामा भएको सो कार्यक्रममा छरिएर रहेका साँस्कृतिक पहिचानलाई महोत्सव मार्फत बिश्वभर फैलाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

Facebook Comments