पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने


लायन्स क्लव अफ पोखरा लेकसिटिको स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रिय स्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने भएको छ ।

अपाङगता भएका व्यक्तिहरुले पनि समाजमा केहि गर्न सक्छन भनि उनीहरुको हौसला स्वरुप यही मंसिर २९ गते शनिबार पोखरामा उक्त प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष मदन केसीले जानकारी दिनुभयो ।

पोखरा रंगशालामा संचालन हुने प्रतियोगितामा काठमाण्डौंबाट २ टिम सहित ४ टिमको सहभागिता निश्चित भएको अध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाण्डौंको जाउलाखेल ह्विलचियर क्लव र नेपाल स्पाईन कड इन्जुरी, काठमाण्डौं, नेपालगन्जको ह्विलचियर बास्केटवल टिम र घरेलू टिम लेकसिटि ह्विलचियर बास्केटवल, पोखरा बिच खेल हुने भएको छ ।

लिग कम नकाउटका आधारमा हुने प्रतियोगिताका विजेतालाई २० हजार उपविजेतालाइ १५ हजार तेश्रो हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने भएका छन् ।

Facebook Comments