कङ्ग्युर पाठ तथा पुजाको तयारी तीव्र

पुस १ गतेदेखि १० गतेसम्म पल टासी छ्योलिङ(गोपाल) गुम्बामा हुने १८ औं पटकको कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको तयारीलाई तीव्र पारिएको छ । पुजाको भव्य रुपमा सम्पन्न गर्नका आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक तथा चेलीबेटीको भेला सम्पन्न भएको छ ।

पोखरा १० बौद्ध शान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा भाइखलक तथा चेलीबेटीहरु कङ्ग्युर पाठ तथा पुजाको आवाश्यक व्यवस्थापनमा भेलासहित छलफलका साथ तयारीमा जुटेको हो ।

आठभाई बाह्र घर प्ल्हनेरों भाइखलकका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा सप्पन्न भेलामा दश दिने कङ्ग्युर पाठ तथा तोनागघोसुम पुजाको महत्वको बारे र आवाश्यक तयारीका विविध पक्षमा भेलामा प्रमुख लामा आम्ची गोपाल गुरुङले स्पष्ट पानुएभएको थियो ।

सचिव सु.रामप्रसाद गुरुङका अनुसार कङ्ग्युर पाठ तथा तोनागघोसुम पुजा सम्पन्न गर्न आमाहरु लगायत उपासक उपासिकाहरु आर्थिक, भौतिक, नैतिक सहयोगको लागि तयार रहेका छन् ।

पल टासी छ्योलिङ(गोपाल)गुम्बाद्धारा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी) सहयोगीको रुपमा रहने भएको छ ।

विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमन पुस १ गते यस प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उद्घाटन गर्नुहुने भएको छ ।

पुस १ गतेदेखि ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम(पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिनुभयो ।

यसरी नै पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य(छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विर्सजन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ(अभिषेक)प्रदान गरिने कार्यक्रम रहको बताइएको छ ।

Facebook Comments