सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि ठगी गर्ने पक्राउ


सवारी चालक अनुमति पत्र(लाइसेन्स) बनाईदिन्छु भन्दै ठगी गर्ने पर्वतका सरोज चपाईंलाई प्रहरीले पक्राउ गरेको छ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स सम्बन्धी जानकारी लिनको लागी सहयोग गर्ने भन्दै चपाईंले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

कास्की तथा आसपासका जिल्लाहरुका ब्यक्तिहरुले उक्त फेक पेज र गुप्रमा जोडिई हामि सजिलै तपाईलाई लाईसन फर्म भर्ने र ट्रायल दिने तथा लाईसन निकाल्न समेत सहयोग गर्छौ भनि नक्कलि यातायत भौचर देखाउने गरेको तथा प्रलोभन देखाई ठगी गर्ने गरेको भन्ने सुचना प्राप्त भएपछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठगी गर्ने व्यक्ती (उक्त पेजको एडमिन तथा ग्रुपको)खोजिगर्ने र ठगिएका मानिसहरुको समेत खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान टोलि गठन गरी जिल्ला पर्वत मोदि गाउपालिका २ देउपुर बस्ने बर्ष २२ को सरोज चपाईलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

लाइसेन्स बनाईदिन्छु भनेर विभिन्न व्यक्तिसँग ४० हजार देखी ६० हजार सम्म ठगी गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको पनि प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments