पोखरामा बजार अनुगमन, नापतौल नवीकरणविनै सञ्चालनमा


जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका फर्म पसललाई आवश्यक निर्देशन दिएको पनि जनाइएको छ ।

अनुगमनका क्रममा अधिकांश फर्म पसलले नापतौल उपकरण नविकरण नगरेको पाइएकाले ३ दिनभित्र सो को नविकरण गर्न बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

यसका साथै विभिन्न म्याद नाघेका उपभोग्य बस्तुलाई नष्ट गरिएको पनि बजार अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Facebook Comments