बेलायती प्रधानमन्त्री टेरिजालाई विश्वासको मत हाँसिल


बेलायतकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको नेताको रुपमा विश्वासको मत हासिल गर्नुभएको छ । बुधबार भएको मतदानमा टेरिजाको पक्षमा २ सय मत र विपक्षमा ११७ भोट खसेको थियो ।

विश्वासको मत हासिल गरेकाले टरेजालाई अब एक वर्षसम्म पार्टी नेतृत्व सञ्चालनका लागि सहज हुने ठानिएको छ । यद्यपि पार्टीका सांसदहरुले नेतृत्व परिवर्तनको निर्णय गरेमा भने टेरिजा पद त्याग्नुपर्ने हुन सक्छ ।

बेलायतमा बे्रक्जिट नीतिबारेको मतभेद कायम रहेको छ । जसका कारण गत मे महिनामा ब्रेक्जिट नीतिबाट असन्तुष्ट कन्जरभेटिभ पार्टीकै ४८ सांसदहरुले टेरिजाविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

सन् २०१६ मा भएको जनमत संग्रहको पक्षमा मतदान गरेकाहरुको पक्षमा टेरिजा खरोरुपमा उत्रन नसकेको आरोप असन्तुष्ट सांसदहरुले लगाएका छन् । २३ जून २०१६ मा भएको जनमत संग्रहमा बेलायतका मतदाताहरुले यूरोपियन युनियनबाट अलग हुने पक्षमा मत दिएका थिए ।

प्रधानमन्त्री टेरिजाले सन् २०१७ मा ब्रेक्जिटको प्रक्रिया थालनी गरेपनि पार्टीभित्रैबाट चर्को विरोध खेप्नुपरेको थियो । युरोपियन युनियनको कानुनअनुसार बेलायतले अब दुई वर्षपछि अर्थात् २९ मार्च सन् २०१९ मा यूरोपिय युनियनबाट अलग हुनुपर्ने छ ।

Facebook Comments