जागरण अभियान नेपालको नौ सदस्यीय कार्य समिति चयन

जागरण अभियान नेपालको तेस्रो सधारण सभा तथा बिशेष अबिधेशन शनिबार हेम्जामा सम्पन्न भएको छ । अबिधेशनले शकंरमणी त्रिपाठीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्बसमत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सृजना सापकोटा, महासचिबमा नारायणप्रसाद भण्डारी, सचिबमा मोतिसागर अधिकारी, कोषाध्यक्षमा ओमकुमारी आचार्य त्रिपाठी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा किरण रेग्मी, सृजना त्रिपाठी, कपिलदेब शर्मा र चिदानन्द त्रिपाठी चयन हुनुभएका छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गै.स.स महासंघ कास्कीका महासचिब रामप्रसाद सुबेदीले आफनो संस्कृतिको अधिकार जोगाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै ब्यबसाहिक रुपमा आत्म निर्भर हुन हेम्जाबासीलाइ सुझाब दिनुभयो । कार्यक्रममा हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, अधिबक्ता माधबराज बाँस्तोला लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन पारित गरेको थियो भने त्यस्तै नेपाल पुस्तक महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटालाइ सम्मान गरिएको थियो । जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बिनोद प्रसाद तिपाठीले स्वगत र सञ्चालन महासचिब बंकरमणी त्रिपाठीले गर्नुभएको थियो ।

Facebook Comments