सरकारी विद्यालयको गुणस्तर सुधारौं, नीजिलाई गाली नगरौ : सांसद पहारी


गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनि नतिजा राम्रो नआएको भन्दै टिप्पणी गर्नुभएको छ । सामुदायिक विद्यायलमा गुणस्तरीय शिक्षा भए नीजि क्षेत्रमा कुनैपनि अभिभावकले विद्यार्थी भर्ना नगर्ने उहाँको विश्वास छ ।

पहारीले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको पैसा सरकारले तिरेकोले सस्तो जस्तो देखिए पनि शिक्षककहरुको तलबको कुरा हेर्नेहो भने संस्थागत विद्यायलमा पढ्नेको भन्दा बढि खर्च सरकारी विद्यालष्यमा पढ्ने विद्यार्थीको लागि हुने गरेको बताउनुभयो ।

पोखरा २५ हेमजामा रहेको स्नो भ्यू इङलिस बोडिङ स्कूलको २२औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै सांसद पहारीले अबको शिक्षा विक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

सस्थागत होस या सामुदायिक दुवैमा स्थानीय स्तरमा पढाई पछि विक्ने शिक्षा आजको आबश्यकता भएकोमा जोड दिनुभयो । उहाँले नीजि क्षेत्रले शिक्षा र स्वास्थ्यमा गरेको लगानीले शिक्षा र स्वास्थ्यमा ८० प्रतिशत बाहिर जाने रकम जोगीएको उहाँको भनाई छ ।

विकसित राष्ट्रमा पहिला सरकारी त्यस पछि प्राइभेट भए पनि नेपालमा भने ठिक उल्टो भएको बताउनु भयो । राज्यले सवल नहुने बेला सम्म यस्तै अबस्था रहने बताउनु भयो । उहाँले नीजि क्षेत्रलाई गालीगर्नु भन्दा पनि सरकारी विद्यालयको गुणस्तरतामा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले देशमा २ प्रकारको शिक्षा नरहेको जिकीर गर्दे शिक्षा दिने सस्था बरु दुई प्रकारको रहेको प्रष्टपार्नुभयो । उहाँले पाठ्यक्रम उहि हो तर सरकारी र संस्थगत दुई सस्थाले शिक्षा प्रदान गरेका छन् उहाँले राज्यले शिक्षामा उदार नीति अपनाउन आबश्यक रहेकोमा खाचो औलाउनु भयो ।

स्नो भ्यू इङलिस बोडिङ स्कूलका अध्यक्ष विष्णु कुमारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य संगै आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए ।

Facebook Comments