सुन पसलमा चोरी गर्दा गर्दै १ जना पक्राउ


प्रहरीले पोखरा म.न.पा.१० शान्तिपथ बस्ने बर्ष २२ को दिपिन भन्ने ईन्द्र बहादुर थापालाई चोरी गर्दा गर्दै पक्राउ गरेको जनाएको छ । थापालाई म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बताइएको छ ।

सुनचादी पसल, किराना पसल तथा मोबाईल पसलहरु समेतमा हुने गरेका छुटपुट चोरीका घटनाहरुको गहन रुपमा अनुसन्धानका लागि विषेश प्रहरी टोली गठन गरेर परिचालन गरेपछि निजलाई पक्राउ गर्न सफल भएको पनि प्रहरीले जनाएको छ ।

क्यामेरा फुटेजहरु हेरी शंकास्पद व्यक्तिको खोजतलास गर्दै शनिबार बिहान २ बजेतिर पोखरा म.न.पा.१२ हस्पिटल चोक स्थित सुनचादी पसलमा चोरी गर्दै गर्दा निजलाई पक्राउ गरिएको हो ।


बडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दिपक के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले चाँदीका विभिन्न सामानहरु समेत बरामद गरेको जनाइएको छ । निजले पोखरा ११ रानिपौवा स्थितमा मोबाईल र सुनचादी पसल, पोखरा १५ घलेचोक स्थितमा दुई बटा सुनचादी पसल, १ बटा किराना पसलमा चोरी गरी सामान भने आफ्नै कोठामा राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Facebook Comments