पोखरा महानगरपालिकामा वडा तहमा मेलमिलाप केन्द्र स्थापना


पोखरा महानगरपालिकाले वडा तहमै विवाद समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना सुरु गरेको छ । वडाभित्र हुने विवादलाई वडा तहबाटै समाधान गर्ने गरि महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

पोखरा महानगर न्यायिक समितिले आइतबार वडा नम्वर ७ बाट मेलमिलाप केन्द्र स्थापना सुरुवात गरेको हो । पोखरा महानगरका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गर्नुभएको हो ।

वडाभित्रका विवाद मिलाउने जिम्मा अव वडा भित्र रहेका मेलमिलापकर्ताको जिम्मा लगाएको उपप्रमुख गुरुङले उल्लेख गर्नुभयो । कार्यक्रममा महानगर न्यायिक समितिका उजुरी प्रशासक नारायण शर्मा र अभिलेख संरक्षक राममणी अधिकारीले न्यायिक समितिको कार्यक्षेत्र, न्यायिक समितिले निरुपण गर्ने विवाद, मेलमिलापकर्ता छनोटका आधार लगायत न्यायिक समितिसग सम्वन्धि विषयमा जानकारी गराउनुभएको छ ।

मेलमिलापकर्ता समाज कास्कीका अध्यक्ष सोम श्रेष्ठले मेलमिलाप मार्फत विवाद समाधान हुदाँ मन माझिने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरको न्यायिक समितिले पछिल्लो समय गति लिएको छ । ८८ जना मेलमिलाकर्ता छनोट गरेको थियो । वडामा मेलमिलापक केन्द्र स्थापना गर्न तिन जना मेलमिलापकर्ता हुनेपर्ने ब्यवस्था रहेको छ ।

Facebook Comments