प्यारिस सम्झौतालाई सन् २०२० सम्म कार्यान्वयनमा ल्याइने

पोल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतालाई सन् २०२० सम्ममा कार्यान्वयनमा ल्याउने सहमति भएको छ । करिब २ सय देशका प्रतिनिधिले दुई सातासम्म गरेको वार्तापछि सम्झौता कार्यान्वयनमा सहमति जुटाएका हुन् ।

यसका लागि थुप्रै खालका उपाय अबलम्बन गरिने भएको छ ।सहमतिमा कार्बन उत्सर्जनको मापनलगायतका विवादास्पद विषयसमेत समेटिएका छन् । यो सहमतिले कार्बन कटौती गर्ने आफ्नो पुरानो बाचामा अडिग रहन देशलाई आश्वस्त पार्ने विश्वास लिइएको छ ।

सन् २०१५ मा पेरिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबैभन्दा महत्वपूर्ण पहलको रूपमा पोल्याण्डमा भएको यो सम्मेलनलाई लिइएको छ ।

यो सम्झौताले पेरिस सम्झौताले तय गरेअनुसार विश्वव्यापी तापमान वृद्धि २ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य लिएको छ ।कोप–ट्वेन्टी फोर नामक सो सम्मेलनका वार्ताका प्रमुखले प्यारिस सम्झौतालाई सँगै लैजानु एउटा ठूलो जिम्मेवारी भएको बताएका छन् ।

Facebook Comments