श्रीलंकाका राष्ट्रपतिद्वारा आफैंले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनः प्रधानमन्त्रीको सपथ

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफैंले बर्खास्त गरेका रनिल विक्रमासिंघेलाई ५१ दिनपछि प्रधानमन्त्रीको सपथ खुवाउनुभएको छ । आइतबार राष्ट्रपति कार्यालयमा विक्रमासिंघेलाई सिरिसेनाले सपथ खुवाएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् ।


नोभेम्बर २६ सिरिसेनाले विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । यसबीचमा राजनीतिक तथा संवैधानिक विवाद बढ्नुका साथै दुबै जनाले आफूलाई वैधानिक प्रधानमन्त्री दाबी गर्दै आएका थिए ।

बिहीबार सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेनाको कदम अवैधानिक भएको फैसला सुनाएपछि राजापाक्षे पछि हट्न बाध्य हुनुभएको थियो । राजापाक्षेले शनिबार राजीनामा दिएपछि सिरिसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्रीको सपथ गराइएको हो ।

Facebook Comments