क्रान्तिको कार्यभार अधुरो छोडेर प्रचण्डबाट धोका भयोः गोपाल किराँती

एमाले माओवादी केन्द्रको एकतापछि माओवादी पुनर्गठनमा जुटेका गोपाल किराँतीले तत्कालीन माओवादी नेता प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ । काठमाण्डौंमा नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेको आरोप लगाउनुभयो ।

‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर प्रचण्डबाट धोका भएको किराँतीको आरोप रहेको छ । किराँतीले वर्तमान सरकारका गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको भन्दै जनविद्रोहमा साथ दिन आग्रह समेत गर्नुभएको छ । नेता बादल राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर इमान्दर सिपाही भएकाले अहिलेको सरकारमा बस्न नसुहाउने किराँतीको तर्क रहेको छ ।

त्यस्तै अध्यक्ष किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गर्ने बताउनुभएको छ । पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले छिट्टै एकता हुने किराँतीको भनाई रहेको छ ।

मोहन वैद्य नेतृत्वको पार्टीले भन्ने गरेको जनक्रान्ति, विप्लव नेतृत्वको पार्टीको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोह एकै एकै नै रहेको उहाँको भनाई छ । एकतापछि पार्टीको नेतृत्वमा मोहन बैद्य या नेत्रविक्रम चन्द दुवैलाई स्वीकार गर्ने किराँतीले स्पष्ट पार्नुभएको छ ।

Facebook Comments