सरकारविरुद्ध भयानक प्रचार युद्ध : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने प्रस्ताव राखेको भोलिपल्ट ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चर्यमा परेको टिप्पणी गर्नुभएको हो ।

एमाले र माओवादी सम्बद्ध कानुन व्यवसायीहरुको एकता कार्यक्रममा उहाँले दुई अध्यक्षवीच लडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी परपर सार्न सकिन्छ कि ? भन्ने प्रयास भइरहेको जिकीर गर्नुभयो । नेपालमा अनौठा घटनाक्रम हुने भन्दै दुइटा अध्यक्षले मिलेर राम्रो काम गरिरहेको जिकीर प्रधानमन्त्री ले गर्नुभयो ।

संविधानमा व्यवस्था भए त २ प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले ठट्टा समेत गर्नुभएको छ । आफूहरुको ध्येय देशलाई रुपान्तरण गर्ने भएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई भत्काउँछु भन्ने सपना नदेख्न चेतावनी समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दाबी समेत गर्नुभयो । गणतन्त्रका सम्मानित संस्था राष्ट्रपतिमाथि लगातार आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीले प्रहरी तालिम केन्द्र पनौतीमा सार्ने निर्णय ३ दशक अगाडि नै भएको उल्लेख गर्नुभयो ।

१० वर्ष अगाडि भारतसँग तालिम केन्द्र निर्माण गर्ने सहमति भएको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले राष्ट्रपति कुन पृष्ठभूमिको हो भन्ने हेरेर यस्तो प्रचार गरी अर्मादित काम भइरहेको बताउनुभयो । गणतन्त्रकविरुद्ध बोल्ने र राजतन्त्र फर्काउन सकिन्छ भनेर सपना देख्नेहरुलाई त्यस्ता सपना साकार नहुने प्रधानमन्त्रीको जवाफ रहेको थियो ।

Facebook Comments