सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनप्रति असन्तुष्टी


सञ्चारिका समूह गण्डकी प्रदेशको अधिवेशनप्रति एक समूहले असन्तुष्टी जनाएको छ । प्रदेश उपाध्यक्ष विमला भण्डारी, लमजुङ, पर्वत, तनहुँ र स्याङ्जाका अध्यक्षले विज्ञप्ति निकालेर अधिवेशनप्रति असन्तुष्टी जनाएका हुन् ।

सहमतिका साथ अगाडि बढिरहेको सन्दर्भमा केन्द्रले स्थगित गर्न दिएको निर्देशन समेत लत्याईको विज्ञप्तिमा उल्लेख गरिएको छ । सञ्चारिका समूहको केन्द्रीय अध्यक्ष नितु पण्डितले प्रदेश संयोजक जमुना शर्मा बर्षाको नाममा अधिवेशन स्थगित भएको जानकारी गराइएको छ । निर्वाचन पक्रियाका सम्बन्धमा केन्द्रमा उजुरी परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments