पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा, समर्थकको स्वागत


पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ पोखरा हाउनुभएको छ । उहाँँहरुलाई पोखरामा समर्थकहरुले भब्य स्वागत गरेका छन् । सोमबार दिउसो पोखरा विमास्थल ओर्लनेवित्तिकै पूर्व राजा शाहलाई समर्थकका तर्फबाट स्वागत गरिएको हो ।
स्वागत गर्नका लागि पूर्व राजाधा समर्थकहरु विमानस्थलदेखि बाहिर सडकसम्म लामबद्ध भएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले लामको वीचमा पैदल हिडेर स्वागत ग्रहण गर्नुभएको थियो । पूर्व राजाको स्वागतका लागि केशव भण्डारीको संयोजकत्वमा गठित समितिले स्वागत गरेको हो । समितिमा राजावादी पृष्ठभूमिका राप्रपा कास्की, नेपाली कांग्रेस विपी, शिवसेना, हिन्दुधर्मसभा, राष्ट्रवादी दल लगायतका हिन्दुवादी संघ–संगठनका पदाधिकारी समेत स्वागत समारोह समितिमा रहेका थिए ।
पोखरामा रहँदा पूर्वराजा शाह सपरिवारकासाथ पोखरा २१ निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टमा बस्ने बताइएको छ । एक सातासम्म त्यही बस्ने शाहले  आफ्ना शुभेच्छुक, राजनीतिज्ञ, कलाकार, समाजसेवी बुद्धिजीविलगायतसँग भेटघाट गर्ने बताइएको छ ।

Facebook Comments