लायन्स क्लब ब्युटि सिटीको रक्तदानमा ६४ युनिट संकलन

पोखरामा रहेको लायन्स क्लब अफ पोखरा ब्युटिसिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । डिजिटु कल्ब भिजिटका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेललाई ब्लड ब्याग हस्तारन्तण गरि रक्तदानको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पर्यटक, फ्रान्सका नागरिक आनिया जुलियनले पनि रक्तदान गर्नुभएको क्लबका सचिव एवं सामाजिक अभियन्ता सवी शेरचनले जानकारी दिनुभयो । एस एण्ड एस कम्प्लेक्सको प्राङ्गण न्युरोड पोखरामा भएको रक्तदानमा कार्यक्रम लायन्स क्लब अफ पोखरा ब्युटिसिटीका अध्यक्ष नबिना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उमाकान्त पोखरेल र पृथ्विचोकको नेवा खलको अध्यक्ष मिमलाल श्रेष्ठले रक्तदानको महत्वबारे बोल्नुभएको थियो । कार्यक्रममा संयोजक राधा श्रेष्ठले स्वागत र सञ्चालन सचिव सवी शेरचनले गर्नुभएको थियो ।

Facebook Comments