सञ्चारिका समूह गण्डकी प्रदेशको पदस्थापना तथा सपथ ग्रहण सम्पन्न

सञ्चारिका समुह गण्डकी प्रदेशको नयाँ कार्यसमितिको सोमबार पोखरामा पदस्थापन तथा सपथ ग्रहण गराइएको छ । समुहका नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सञ्चारिका समुहका संस्थापक तथा निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले सपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै महिला पत्रकारको गुणात्मक अभिवृद्धिका लागि अघि बढ्न सुझाव दिनुभएके थियो ।

निर्वाचन समितिका संयोजक दुर्गा भण्डारीले सञ्चारिका समुहको निर्वाचन कानुनसम्बत् भएको उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष स्मिता अधिकारीले पत्रकारिता क्षेत्रमा महिलाको संख्यात्मक र गुणात्मक सहभागीता बढाउन लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरु, प्रेस चौतारीका अध्यक्ष माधव बराल, सञ्चारिका समुहका पूर्व अध्यक्ष सुष्मा पौडेल, निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा लगायतले कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments