माउण्ट अन्नपूर्ण माविमा ‘स्पेलिङ’ प्रतियोगिता सम्पन्न

पोाखरा महानगरपालिका वडा नं. ३ मा अवस्थित गण्डकी प्रदेशकोे पहिलो निजि विद्यालय माउण्ट अन्नपूर्ण मा. वि.मा अन्तर कक्षा ‘स्पेलिङ बि’ प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२ विहानी तथा दिवा सत्रका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको सो प्रतियोगितामा बिहानी सत्र र दिवा सत्र गरि जम्मा ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विहानी र दिवाका विद्यार्थीहरुलाई छुट्टा–छुटै गरि प्रतियोगितामा सहभागी गराइएकोमा विहानी सत्रमा कक्षा ११ का रोनित श्रेष्ठ प्रथम, कक्षा १२ की शोभा पुन द्वितीय र कक्षा एघारका निसान पुर्जाले तृतीय स्थान हासिल गरेका थिए । यसै गरि दिवा सत्रका कक्षा ११ का सोनम गुरुङ्ग प्रथम, कक्षा ११ की पुजा गर्वुजा द्वितीय र कक्षा १२ का मिलन घर्ती मगरले तृतीय साथै कक्षा ११ की सन्जना पुनले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विद्यालयका एकेडेमीक एडभाइजर अशोक कुमार शाहीले ‘स्पेलिङ बि’ प्रतियोगिता संचालन गरेका थिए थियो भने कलेजका प्रशासक प्रदिप पोखरेल, प्रिन्सिपल सइन्द्रराज श्रेष्ठ, संयोजक कृष्ण लम्साल र शिक्षक बेदनाथ शर्मा निर्णयकमा रहनुभएको थियो ।

प्रतियोगिताको समापन गर्दै एकेडेमीक एडभाइजर अशोक कुमार शाहीले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुको मनोबल बृद्घि गर्नका साथै शैक्षिकस्तर माथि उकास्न मद्दत पुग्ने भएकाले निरन्तर सहभागिता जनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।

Facebook Comments