कास्कीमा ३२४ थान लागू औषध सहित १ जना पक्राउ ।


कास्की प्रहरीले लागू औषध ओसार पोसारमा संलग्न तनहुँका अनिल क्षेत्रीलाई पक्राउ गरेको छ । कास्की प्रहरीले विगत ६ महिना अघि देखि नै बिभिन्न समुहमा बिषेश अनुसन्धान टोलि परिचालन गरी लागू पदार्थ ओसार प्रसार तथा सेवन गर्ने गराउने बिभिन्न ब्यक्तिहरुलाई खोजि गरी पक्राउ गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.स.नि.सन्तोष सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला तनहू शुक्लागण्डकी १ कोत्रे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं ४ गणेशटोल बस्ने बर्ष ३० का अनिल क्षेत्रिलाई आफ्नै डेरा कोठामा १०८ फेनारागन थान, १०८ बुर्फिनर्फिन र १०८ डाईजापाम गरी जम्मा ३२४ थान सहित पक्राउ गरेको हो ।

नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गतका कार्यक्रम प्रभावकारी भइरहेको पनि कास्की प्रहरीले जनाएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी गर्ने गरी उक्त कार्यक्रम ल्याईएको हो ।

कार्यक्रम अन्तर्गत प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा महत्बपुर्ण भूमिका खेलेको कास्की प्रहरीले जनाएको छ । पछिल्लो समयमा समुदायसंगको सहकार्यले समाजमा घटेका अपराधिक घटनाको सफल अनुसन्धान गर्न सफल भएको पनि जनाइको छ ।

Facebook Comments