जापानले नेपाली नागरिकलाई पनि कामदार भिसा दिने

उत्तम पण्डित, टोकियो, जापान

जापानले नेपाली नागरिकलाई पनि कामदारका रुपमा भिसा दिने भएको छ । यसअघि चिन, भियतनाम, फिलिपिन्स, कम्बोडिया, थाईल्यान्ड, ईन्डोनेसिया, म्यांमार गरी ७ देशको नाम सार्वजनिक गरिएकोमा जापानले नेपाल र मंगोलियालाई पनि समावेश गरेर कामदार लिने निर्णय गरेको हो ।

यसको औपचारिक घोषणा भने डिसम्बेर महिनाको अन्ततिर गरिने जनाइको छ । यो निर्णयसँगै जापानिज भाषामा राम्रो दख्खल भएका र काममा सीप भएका नेपाली कामदारले भिसा पाउने छन् । कृषि, उद्योग, व्यापार तथा सेवा क्षेत्रमा नेपाली नागरिकले काम गर्न सक्नेछन् । भाषा र सिपविनै जापान गएमा भने समस्या पर्ने बताइएको छ ।

धेरै खर्चिलो नहुने यो प्रणालीबाट जापान जान चाहने नेपालीहरुले सिप सिकेर जाँदा उत्तम हुने बताइन्छ । हाल धरैजसो नेपालीहरु विद्यार्थी भिसामा जाने गरेका छन् । विद्यार्थी भिसा भने पनि काम गर्ने नै सोचाईका साथ जाने हुँदा लाखौं रुपैयाँ एजेन्टलाई बुझाउनुपर्ने अवस्था रहेको छ । सरकारी तवरबाटै कामदार लैजाने सहमति भएको खण्डमा लाखौं रुपैयाँ बुझाउनुपर्ने बाध्यता टर्छ भने जोखिम पनि कम हुने निश्चित छ ।

Facebook Comments