पोखरा सडक महोत्सवको प्रचारका लागि रेबान टोली भ्रमणमा


यही पौष १३ गतेबाट शुरु हुने २०औँ पोखरा सडक महोत्सवको प्रचारका लागि आयोजक रेष्टुरेन्ट एन्ड बार यशोसियसन नेपालको टोली स्याङ्जा, पाल्पा रुपन्देही लगायतका जिल्लाको भ्रमणमा निस्केको छ ।

टोलीले सोमबार स्याङजाको वालिङमा पत्रकार सम्मेलन गरि गरी महोत्सवबारे जानकारी गराएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा महोत्सव हुँदैछ ।

अग्रेजी नयाँ बर्षको अवसर पारी हरेक बर्ष पर्यटकीय केन्द्र पोखराको लेकसाइडको ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवको प्रचारप्रसारका लागी गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न स्थानमा छलफल एवं पत्रकार सम्मेलन गर्ने आयोजक रेबानले जनाएको छ । पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरै भन्दा धेर विदेशी पर्यटक नेपाल भित्र्याउनसडक महोत्सवबाट भरपुर कोशिस गरेको रेबानले जनाएको छ ।

कार्यक्रममा रेबानका पुर्व अध्यक्ष सुर्य भुजेलले विषेशतः महोत्सव पर्यटन प्रर्वद्धनका लागी हरेक वर्ष गरिँदै आईएको भन्दै महोत्सवबाट भएको आम्दानी विभिन्न सामाजिक कार्यमा खर्च गरिएको बताउनुभयो । देश तथा विदेशका मौलिकपना झल्कने तथा लोपन्मुख संस्कार संस्कृतिहरुको संरक्षण स्वरुप महोत्सवमा लोपन्मुख संस्कृतिलाई समेत विषेश महत्व दिईएको भुजेलले बताउनुभयो ।

रेबानले महोत्सव प्रचारप्रसारको दौरान पाल्पा, बुटवल र भैरहवामा समेत कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा रेबानका महासचिव गणेश थापाले अंगे्रजी नयाँ वर्ष र क्रिसमस मनाउन अन्तै सोझिने गरेका पर्यटकलाई नेपाल अर्थात पोखरामै रोक्नका लागी रेबानले विगत २० वर्षदेखि प्रयास गरिरहेको र सफल भएको समेत दावी गर्नुभयो ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यष शोभाकान्त पौडेलले गण्डकी प्रदेशकै पर्यटकीय केन्द्र पोखरासंग समन्वय गर्दै वालिङ तथा स्याङजामा पर्यटक भित्र्याउने वातावरण निर्माणका लागी रेबानले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । साथै उहाँले यही माघमा गरिने वालिङ महोत्सवका क्रममा अन्तराष्ट्रिय पहाडी साईकल यात्रा महोत्सवमा नयाँ आर्कषण रहेको बताउनुभयो ।

वालिङ महोत्सव प्रचारप्रसारका लागी पोखरा सडक महोत्सवमा स्टल राखी माघमा स्याङजाको वालिङमा जाऔँ भन्ने माहोल सृजना गर्न समेत रेबानलाई आग्रह गरेको छ । वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खांण धु्रवले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव पदमराज गुरुङले स्वागत गर्नुभएको थियो ।

Facebook Comments