काँग्रेस महासमिति बैठक : मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित


राजधानी काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागी महासमिति सदस्यहरुले होहल्ला गरेका कारण बन्दशत्र प्रभावित भएको हो । सभापति शेरबहादुर देउवाले छलफल शुरु गर्न आग्रह गरिरहँदा महासमिति सदस्यहरुले बैठकस्थलमा होहल्ला गरेका थिए ।

यसैवीच काँग्रेसका शीर्ष नेताहरुवीच पदाधिकारी चयनमा सहमति जुटाएका छन् । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुने भएका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न सहमत भएका हुन् ।

संख्यामा देउवाको प्रस्ताव र निर्वाचन पद्धतीमा पौडेलको प्रस्तावलाई अनुमोदन गरिउको हो । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्ने र कोषध्यक्ष र प्रवक्ता मनोनित हुनेछन् ।

शीर्ष तहमा भएको सहमतिलाई केहीबेरमा केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्नेछ र विधान संशोधन प्रस्तावलाई महासमिति बैठकमा पेश हुने श्रोतले जनाएको छ । विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको छलफल समेत प्रभावित हुँदै आएको छ ।

Facebook Comments